बुटवल, असोज १८ । प्रदेश राजधानी सारिएकामा आक्रोशित भीडले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड गरेको छ । पोखरेलको सुरक्षाका लागि प्रयोग गरिएको गाडीमा पनि ढुंगा प्रहार गरिएको छ । प्रहरीले हवाई फायरसमेत गरेको छ । काठमाडौंबाट कडा सुरक्षाकाबीच बुटवल फर्किनु भएका पोखरेल सवार गाडीलाई लक्षित गरी आन्दोलनकारीले ढुंगा प्रहार गरेका हुन् ।…