अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश सरकारलाई बलियो बनाउनको लागि सोही बमोजिमको केन्द्र सरकारले अधिकार दिएमा मात्र काम गर्न सहज हुने बताउनुभएको छ । प्रेस युनियन अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा राखेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । जबसम्म अधिकारबाट बञ्चित गराइन्छ तबसम्म हरेक गतिविधिमा असर पर्ने उहाँको भनाइ छ ।…