सिन्धुली । सिन्धुलीमा यहि भदाै महिनाको दोश्रो सातादेखि विभिन्न राजनैतिक दलहरुकाे चुनाव केन्द्रित चहल-पहल सुरु हुन थालेकाे छ । आसन्न मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनलाई लक्षित गर्दै जिल्लाका राजनीतिक दलहरूले चुनाव केन्द्रित भेला, छलफल र गोष्ठीहरु जस्ता गतिविधि सञ्चालन गर्न थालेका हुन् । निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) ले एक महिने अभियान…