काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी रहेकाे छ । साेही बैठकलाई सम्बोधन गर्दै शनिबार पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिकाे बारेमा समयमा विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग भएको बताउनुभएकाे हाे । उहाँले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको…