काठमाडौं । ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मुल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने आशंका व्यक्त गर्नुभएको छ । बिहीबार काठमाडौं उपत्यका मेयर्स फोरमले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेट गर्ने क्रममा मेयर महर्जनले यस्तो आशंका गर्नुभएको हो । मेयर महर्जनले स्थानीय सरकारको गठन पश्चात शहरी व्यवस्थापनका सन्दर्भमा…