प्रदिप पौडेलपोखरा । गण्डकी प्रदेशसभामा सत्तापक्षकै सांसद्को अवरोधका कारण मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । नेकपा एमालेका सांसद्को अवरोधका कारण २० मिनेटका लागि स्थगित गरिएको संसद बैठक अझै सुरु हुन सकेको छैन । सत्ता पक्षका सांसद्ले कोरोना भाइरस (कोभिड–१९) को जोखिम देखाउँदै सबै सांसदहरूले पिसीआर टेष्टको नतिजा ल्याउनुपर्ने माग गरेका छन् । एमालेका…