पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरूले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरू प्रतिबद्ध रहने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले बुधबार आयोजना गरेको नवनियुक्त मन्त्रीहरूको बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रदेशका मन्त्रीहरूले कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकतामा रहेको पनि उल्लेख गरेका छन् । गण्डकीमा आमसञ्चार विधेयक ल्याउनु पूर्व पत्रकारको सुझाव अनुसार अघि बढ्ने उनीहरूको प्रतिबद्धता छ ।…