काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार गरिने भएको छ । नेम्वाङका दुई छोराहरू विदेशमा रहेको र उहाँहरू भोलिसम्म आइपुग्ने भएकाले पर्सि बिहीबार अन्त्यष्टि गर्न लागिएको हो । नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको थियो। बुधबार पनि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमै राखिने…