१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023


सिन्धुलीमा विषालु सर्पले डस्दा एक जनाको मृत्यु


1.56k
Shares

सिन्धुली । सिन्धुलीको दुधौलीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

सर्पदंशबाट दुधौली नगरपालिका– ६ हर्षाहीकी ६५ वर्षीया जानुकी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बुधबार बेलुकी घरमै विषालु सर्पले डसेपछि घाइते उनलाई उपचारका लागि दुधौली सर्पदशं अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।