Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने माओवादी केन्द्रकाे निष्कर्ष

काठमाडाैं । नेकपा माओवादी केन्द्रले वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटोले पार्टी एकताका वैचारिक, राजनीतिक, सैद्धान्तिक कुराहरु टुंगो लागिसकेको बताउनुभयो । प्राविधिक र संगठनात्मक विषयमा छलफल केन्द्रित भएको उहाँकाे भनाइ छ।…