काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचीमा ‘विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने’ विषय राखिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबार सुरु हुने प्रदेशसभाको तेस्रो अधिवेशनको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले…