Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


मालवाहक रेल सेवाले निरन्तरता नपाउँदा विराटनगरका उद्योगीहरु निराश

काठमाडौं । भारतको बथनाहादेखि विराटनगर–१८ बुधनगरसम्म मालवाहक रेल सेवाले निरन्तरता पाउन नसकेपछि स्थानीय व्यापारीहरु निराश भएका छन् । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि गत जेठ १८ मा एक पटक विराटनगर आइपुगेको कार्गो रेल सेवा फेरि फर्किएन । गत जेठ १८ गते बथनाहादेखि विराटनगरस्थित एकीकृत भन्सार जाँच बिन्दु (आइसिपी) मा निर्माण…