११ असार २०८१, मंगलबार | Tue Jun 25 2024


कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीको रिट हेर्न नभ्याउनेमा


377
Shares

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइने परेको छ ।

कार्कीले दायर गरेको रिट बुधबार न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको थियो ।

गत बैशाख २६ गते केदार कार्कीलाई स्वतः पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १ सय ६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । केदार कार्की पनि सोही उपधारा अनुसार २७ असोजमा नियुक्त हुनु भएको थियो ।

कार्कीले रिटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गर्नु भएको छ । कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीसँग जवाफ माग गरेको थियो । ९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो । कोशी सरकार बिरुद्धको रिटको आजै फैसला आउने सम्भावना छ ।