काठमाडौं, असार ५ । रानीपोखरीको पुनःनिर्माण गर्न ढिलो गरेको भन्दै काठमाडौं उपत्यकाका स्थानीयवासीले काठमाडौं महानगरपालिकालाई घाँस उपहार दिएका छन् । महानगरपालिकाको कार्यशैलीप्रति असन्तुष्ट महानगरवासीले मंगलबार उपमेयर हरिप्रभा खड्गीलाई रानीपोखरीमा उम्रिएको घाँस उपहार दिएका हुन् । महानगरको कार्यशैलीप्रति असन्तुष्ट उनीहरुले ज्ञापनपत्र बुझउँदै चाँडै काम सुरु गर्न नेतृत्वका ध्यानाकर्षण पनि गराए । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर…