सुदूरपश्चिम सरकारले विपद्मा मृत्यु भएमा परिवारलाई एक लाख दिने • Image Khabar Image Khabar


सुदूरपश्चिम सरकारले विपद्मा मृत्यु भएमा परिवारलाई एक लाख दिने


Imagekhabar
४ भाद्र २०७७, बिहीबार १५:३१

सुदूरपश्चिम सरकारले विपद्मा मृत्यु भएमा परिवारलाई एक लाख दिने

कैलाली, भदौ ४ । सुदूरपश्चिम प्रदेशमा विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

पछिल्लो दुई महिनामा सुदूरपश्चिममा विपद्मा परी ६४ जनाको मृत्यु भइसकेको छ ।

घरबारबिहीन भएका, पूर्ण क्षति र आंशिक क्षति भएकाहरूलाई राहत दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि प्रदेश मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्