Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


१२ किलो गाँजासहित पुन पक्राउ

म्याग्दी । जिल्लामा १२ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । मालिका गाउँपालिका रुमको भिरखर्कका होमबहादुर पुनलाई लागु औषध गाँजासहित प्रहरीले आज पक्राउ गरेको हो । बोराभित्र हालेर बाख्राको खोरमा लुकाइ राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । पुन बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।