कैलाली । कैलालीको बुढीतोलामा अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु भएको छ । प्रदेश ट्राफिक प्रहरी अत्तरियाले बुढीतोलाबाट रोकीएका सवारी साधन गन्तब्यतिर लागेको जनाएको छ । जिल्लाको गोदावरी नगरपालिका बुढीतोलामा भासिएको सडक मर्मत भएपछि खाली ट्रक र टिप्पर तराई झर्न सुरु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।जमिन मुनी पानी भएकाले सडकमा समेत हिलोे भएको…