Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


पार्टीकाे १५ औं महाधिवेशन आगामी पुसमा गर्ने कांग्रेसको निर्णय

वर्तमान कार्यसमितिको समयावधि आगामी माघसम्मका लागि थप

429
Shares

काठमाडाैं। नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।

सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो। बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ। पटक-पटक स्थगित भएको बैठक सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको हो। विशेष कि नियमित महाधिवेशन भन्नेमा विवाद हुँदा कांग्रेस बैठक लम्बिएको थियो ।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तमा नियमित महाधिवेशन गर्ने गरी तालिका पेश गर्नुभएको थियाे।