हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ । विपक्षी दलहरूको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको हो । बैठक सुरु भए लगतै विपक्षी दलका सांसद उठेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्षी दल माओवादीका नेता शालिकराम जम्कटेललाई बोल्न समय दिनुभएको थियो । जम्कट्टेलले मुख्यमन्त्रीसँग बजेटमा भएका असन्तुष्टिबारे छलफल नभइ बैठक अघि नबढाउन…