खानेपानी पुगेपछि कार्तिके पाँचघरेका स्थानीय हर्षित « Image Khabar


खानेपानी पुगेपछि कार्तिके पाँचघरेका स्थानीय हर्षित


195
Shares

सिन्धुली । विगत लामो समयदेखि पिउने पानीको अभावमा रहेको सिन्धुलीको मरिण गाउँपालिका कार्तिके पाँचघरेमा स्वच्छ खानेपानी पुगेपछि स्थानीय हर्षित भएका छन् ।

बर्षौ देखि खानेपानीको अभावमा रहेका स्थानीयका लागि डबल लिफ्ट प्रविधिबाट खानेपानी पुर्‍याईएको हो ।

खानेपानी गाउँमा पुगेपछि करिब ६ सय जनसंख्याले उपभोग गर्न पाएका छन् । स्वास्थ्यका लागि पानी नेवा, मरिण गाउपालिका र स्थानीय उपभोक्ताहरुको साझेदारीमा ७७ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।

खानेपानीको अभावका कारण सो गाउँ छाडेर सयौं मानिसहरु बसाई सरेका स्थानीयले जानकारी दिएका छन् ।

पानीको अभावमा आधा रातको समयमा गाग्री र घैंटो बोकेर कुवा र खोलामा पानी लिन जानु पर्ने कातिके पाँचघरे गाउँका स्थानीय बासिन्दाहरुको बाध्यता रहेको थियो ।