बझाङ । बझाङमा चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडापालक किसानहरु भेडासहित बेंसी झर्न थालेका छन् । जिल्लाको साईपाल गाउँपालिकाका भेडापालक जाडो छल्न बेंसी झर्न थालेका हुन् । जिल्लाको साईपाल गाउँपालिका, तल्कोट गाउँपालिका र मष्टा गाउँपालिका लगायतका ठाउँका भेडापालकहरु चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेंसी झर्ने गर्दछन् । हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि र भेडी चरन…