काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय दाङ सरेपछि देउखुरीमा चहलपहल बढ्न थालेको छ । स्थानीयहरू स्वतःस्फूर्त आ–आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाइमा सक्रिय भएका छन् । मुख्यमन्त्रीको कार्यालय सरेसँगै सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति रहेको छ भने सवारी साधनको आवागमन बाक्लिएको छ । दुई वर्ष दुई महिनाअघि प्रदेश सभाले यस क्षेत्रलाई प्रदेशको राजधानी तोकेको थियो । यसअघि…