काठमाडौं । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बूले राजीनामा दिनुभएको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले बुधबार राजीनामा घोषणा गर्नु भएको हो । जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उहाँले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाउँनु भएको हो । जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने…