काठमाडौं । ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामामाथि बेलीब्रिज निर्माण थालिएको छ । गत शनिबार रातीको बाढीले पक्की पुल बगाएपछि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो । आवतजावतमै समस्या देखिएपछि धमाधम बेलीब्रीजको काम थालिएको हो । बेलीब्रिज निर्माणका आवश्क सामग्री निर्माण स्थलमा पुगिसकेको छ । केही दिनभित्रै यातायात सुचारु हुने बताइएको छ ।