काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीको घटनामा मुछिएका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पक्राउ परेका ६ जना मध्ये ५ जनालाई जेल पठाएको हो । पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा २७ वर्षीय…