Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुने संसद् सचिवालयले जनाएको छ । बिहीबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।