काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले स्रष्टाहरुको राजनीतिक दलको आवद्धतालाई नकारात्मक रुपमा लिन नहुने टिप्पणी गर्नुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित डा. नवराज लम्सालद्वारा लिखित चौथो महाकाव्य कल्प लोकार्पण समारोहमा बोल्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हो । महामन्त्री थापाले राजनीतिक चेतनाको आँखाले समाजलाई स्रष्टाहरुले हेर्न सक्ने भने त्यसले समाजमा अझ धेरै बढी योगदान…