काठमाडौं । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जनाएको छ। विभागकी प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसाे एक प्रेस विज्ञप्ति जारी गर्दै याेसँगै मनसुन कमजोर भएर मौसममा सुधार आइसकेको बताउनुभएकाे हाे । तर पूरै मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा मौसम र बाढीको सम्भावित अवस्थाको भने नियमित अनुगमन भइरहेको उहाँको…