इलाम, चैत १५ । इलाममा भारतबाट आएका ९५ जनालाई 'क्वारेन्टाइन'मा राखिएको छ । इलामका १० ओटै स्थानीय तहमा क्वारेन्टाइन सञ्चालनमा आएका छन् । जिल्लाका विभिन्न २२ स्थानमा बनाइएका क्वारेन्टाइनको क्षमता २७४ रहेको बताइएको छ । एक सातायता इलाममा विदेशबाट भित्रिनेको संख्या १४० रहेको छ । इलामका १० स्थानीय तहमध्ये माइ नगरपालिकाले भने तथ्यांक लिइरहेको छ…