काठमाडौं । संघीय संसद र प्रदेशसभाहरुले आफूहरुलाई बजेटको अभाव नहुनेगरी व्यवस्था गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ । आइतबार संघीय संसद र प्रदेश सभाको काठमाडौंमा जारी भेलाको १२ बुदे निष्कर्ष सार्वजनिक गर्दै प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेले सो जानकारी दिनुभएको हो । कुनै पनि कारणबाट अभाव नहुने गरी संघीय संसद र प्रदेशसभाहरुका लागि बजेटको व्यवस्था गर्नका…