Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


एमालेकाे अध्यक्षमा निर्वाचित भएपछि केपी ओली भृकुटीमण्डपमा पुगे

काठमाडौं। नेकपा एमालेका अध्यक्षमा लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएका केपी शर्मा ओली मतगणनास्थल भृकुटीमण्डप पुग्नुभएकाे छ। भृकुटीमण्डपमा बिहीबार दिउँसाे सम्पन्न भएकाे मतगणनामा ओलीले अर्का अध्यक्षका प्रत्यासी उम्मेदवार ईश्वर पोखरेललाई फराकिलाे मतान्तरले पराजित गर्नुभएकाे हाे।  कुल खसेको २ हजार २ सय २७ मत मध्ये ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्नुभएकाे छ।…