कैलाली । बेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी निरीक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रबाट ३ सय मीटर टाढा फेला परेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले साउदको शव नदीमा गाडिएको अवस्थामा भेटिएको जानकारी…