काठमाडौं । बागमती प्रदेशसभाको बैठक साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाको १०औं अधिवेशनको २६औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिकोे बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । यसअघि असार २९ गते बसेको बैठकले…