सिन्धुली । सिन्धुलीमा विगत एक दशक अघिसम्म उजाड देखिएका चुरे र महाभारत पहाडका डाँडापाखाहरु अहिले हरिया घना जंगलमा परिणत भएपछि वतावरण सन्तुलनमा सहयोग पुगेको छ । विगतमा खडेरी र डढेलोका कारणले उजाड बनेका वन जंगलहरु फेरी पुरानै अवस्थामा फर्किपछि उपभोक्ताहरुलाई घाँस दाउराको समस्या हुन छाडेको छ । जसले गर्दा पानीकाे मुहान समेत बढेर गएको छ…