काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका सदस्य उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईले अग्रता कायम गर्नुभएकाे छ । काभ्रे-२ मा हुमागाइले ५ हजार ३ सय ८५ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । पूर्वमन्त्री समेत रहनुभएका नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले ४ हजार ४ सय मत प्राप्त गर्दै हुमागाईलाई पछ्याई रहनुभएकाे छ…