काठमाडौं । पशुपति क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले सरोकारवालालाई २४ घण्टाको अल्टिमेटम दिएको छ । अतिक्रमण गरेर निर्मित संरचना महानगरपालिकाको टोलीले निरीक्षण गरेपछि त्यसलाई हटाउन निर्देशन दिएको छ । कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ ।…