सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा चितुवाको विगविगी बढेपछि स्थानीय किसानहरु आफ्ना घरपालुवा पशुपंक्षीको सुरक्षा गर्न नसक्ने अवस्थामा पुगेका छन् । दैनिक रात चितुवाले गोठमै आएर गाई भैंसी, बाच्छा बाच्छी र खसी बोका जस्ता पशु चौपाया मार्न थालेपछि स्थानीयहरू चिन्तित बनेका हुन् । एक हप्ताको अवधिमा एक दर्जन भन्दा बढी चौपाया चितुवाले मारेको फिक्कल गाउँपालिकाकी अध्यक्ष…