काठमाडौं, असोज ३० । नेपाल प्रहरीले सुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ कार्यान्वयनमा चन्द्रागिरि नगरपालिका उत्कृष्ट भएको छ । प्रहरीले २०७५ कात्तिक ११ देखि सुरु गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा काठमाडौंको चन्द्रागिरि नगरपालिका देशभरका स्थानीय तहमध्ये उत्कृष्ट भएको हो । देशभर ७५३ स्थानीय तह रहेका छन् । शुक्रबार ६५औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित…