काठमाडौं । बागमती प्रदेशसभाको सातौं अधिवेशनको तेस्रो बैठक आज बस्दै छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बागमती प्रदेश सचिवालयले जनाएको छ । प्रदेशसभाको सातौं अधिवेशनको गत माघ ७ गते सुरु भएको थियो । त्यसपछि माघ ९ गते केही सयम बसेको बैठकमा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि सामान्य छलफल…