काठमाडौं । बागमती प्रदेश सभाको सातौं अधिवेशन माघ ७ गते आव्हान गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विप्णुप्रसाद प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश सभा सचिवालयले बिहीबार एक सूचना निकालेर माघ ७ गते बुधबार अपरान्ह ३ बजे प्रदेश सभा बैठक बस्ने जानकारी…