रसुवा । रसुवाको गोसाँइकुण्ड गाँउपालिकाको वडा नम्बर पाँचको सानो भार्खुदेखि ठूलो स्याफ्रूसम्म जोडने सडकको स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको छ । दश किलोमिटर सडकको ९० प्रतिशत काम सम्पन्न भएको हो । अबको पन्ध्र दिन भित्रमा काम सकिने भए पनि तुसारो पर्ने र पानी जम्न थालेपछि आरसिसी तथा कजवेको काम फागुन मसान्तमा मात्र पूरा हुने आयोजनाले…