काठमाडौं महानगर वडा ३० का सचिव पक्राउ « Imagekhabar – Online News Portal of Nepal


काठमाडौं महानगर वडा ३० का सचिव पक्राउ


0
Shares

काठमाडौं, चैत ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरत कुमार पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

वडाको काम गरेका ठेकेदारको भुक्तानी रोकेर सचिव पोखरेलले घूस मागेको सूचना पाएपछि पिछा गरेको अख्तियारले उनलाई पक्राउ गरेको हो ।

अख्तियार टोलीले पोखरेललाई चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

उनले घुस लिएको रकम आफ्नो दराजमा नराखेर इञ्जिनियरको दराजमा राखेका थिए ।

सचिव पोखरेलले लिएको रकमको प्रत्येक नोटको अख्तियारले पहिले नै फोटोकपी गरेको थियो ।

अख्तियार टोलीको अनुसन्धानबाट वडा कार्यालयका पदाधिकारी समेत घुस लेनदेनमा संलग्न रहेको देखिएको अख्तियारले जनाएको छ ।