काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ…