काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर राय–सुझाव लिने बताउनु भएको छ । राष्ट्रिय सभागृहमा बसेको ६१ औँ कार्यपालिका बैठकलाई सम्बोधन गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । ‘हाम्रो कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम र बजेट…