काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार पनि वर्तमान पाँच दलीय गठबन्धनकै बन्ने बताउनु भएको छ । बुधबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारी बैठकमा अध्यक्ष दाहालले अहिलेकै गठबन्धनले निरन्तरता पाउने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले सत्ता गठबन्धनमा रहेको नेपाली काँग्रेसको संसदीय दलको नेता चयन भएपछि नयाँ सरकार…