Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


तनहुँमा गर्भवती महिलालाई भिडियो एक्सरे सेवा निःशुल्क


65
Shares

काठमाडाैं । तनहुँको भानु नगरपालिकाले गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ।

गर्भवती महिलालाई प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अबदेखि निःशुल्क उपलब्ध गराउने नगरपालिकाले जनाएको हाे। गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्सरे सेवा प्रदान गर्न लागिएको भानु नगरपालिकाले जनाएकाे छ । साेही सेवाबाट गर्भवती महिलाको अवस्था र शिशुको अवस्था पत्ता लाग्ने, उनीहरूको अवस्थामा समस्या रहेमा नगरपालिकाकै स्वास्थ्य संस्था र जोखिम भए अन्यत्र रिफर गरिने छ ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र भानु नगरपालिका–१ सालबिस्नेमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको सुरुवात गरिएको छ । गर्भवती महिलाकाे भिडियो एक्सरे सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएकाे नगरपालिकाले जनाएकाे छ । गर्भवती महिलालाई सरल र सहज तरिकाबाट अल्ट्रासाउण्ड सेवा पुर्याउनका लागि निःशुल्क रुपमा ग्रामीण अल्ट्रा साउण्डको सुरूवात भएको र प्रत्येक महिना सञ्चालन हुनेछ ।

हालसम्म २३ जना गर्भवती महिलाले उक्त सेवा लिइसकेका नगरपालिकाले जनाएकाे छ ।