म्याग्दी, कात्तिक ९ । म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको कारण जोखिममा रहेका २० बस्ती स्थानान्तरण गरिने भएको छ । पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले जोखिममा परेका बस्तीको पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र संघीय सरकारसमक्ष स्थानान्तरणका लागि सिफारिस गरेको हो । गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक, सुरक्षाकर्मीको संयुक्त टोलीले पहिरो, कटान र बाढीले क्षति पुर्याएका बस्तीको…