काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिहरुमाथि अनुसन्धान नगरिएकोप्रति नागरिक अगुवाहरुले आपत्ति जनाएका छन् । पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्व न्यायाधीश बलराम केसी, निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेल र संस्कृतिविद् त्रिरत्न मानन्धरले बिहीबार विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरुको बयानमा मुछिएकाहरुमाथि अनुसन्धान अघि नबढाई मुद्धा दर्ता…