काठमाडौं । सभामुख देवराज घिमिरेले सूचनाको सही सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानले व्यवस्था गरेको कुरा कार्यान्वयनमा ल्याउन अझै धेरै बाँकी रहेको बताउनु भयो ।सभामुख घिमिरेले कानूनमा प्रवन्ध भएका कुराहरुको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरु देखिरहेको भन्दै सूचनाको…