काठमाडाैं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषदकाे बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभएकाे हाे। उहाँका अनुसार आयोगको सदस्यमा प्रा.डा.सुनिति श्रेष्ठ नियुक्त हुनुभएको छ। प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका…